महिला यू-१९ क्रिकेट स्कलरसिप कार्यक्रमका लागि नेपाल छनोट

आश्विन २९,२०७९

-आस्था न्यूज

असोज २९, २०७९ काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले महिला यू-१९ क्रिकेट स्कलरसिप कार्यक्रमका लागि नेपाललाई छनोट गरेको छ ।
 
यो कार्यक्रम अक्टुबर २३ देखि २९ सम्म काठमाडौं र पोखरामा सञ्चालन हुने आईसीसीले जनाएको छ । जसअनुसार इंग्ल्याण्डको एमसीसीले नेपालको भ्रमण गर्नेछ र नेपाल प्रेसिडेन्ट ११ र नेपाल इमर्जिङ टिमसँग ३ वटा टी-२० खेल खेल्ने छ ।
 
सो कार्यक्रम अन्तर्गन नेपालका कृतिका मरासिनी, आश्मा पुलामी मगर र सृष्टि जैशीसहित कतार, भुटान, यूएई र मलेसियाका १३ जना खेलाडीले पाकिस्तानी प्रशिक्षकसँग स्किल डेभलपमेन्ट सम्बन्धी तालिम पाउने छन् ।
 
गत जुनमा मलेसियामा भएको यू–१९ महिला विश्वकप छनोटमा गरेको प्रदर्शनका आधारमा यी खेलाडी छनोट भएको आईसीसीले जनाएको छ । यस्तै उनीहरुले ब्याटिङ, बलिङ र फिल्डिङका साथै फिटनेशसम्बन्धी सम्बन्धित क्षेत्रका विज्ञबाट तालिम पाउने छन् ।