नेपालले युएईबिरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्दै

कार्तिक २८,२०७९

-आस्था न्युज

२८ कात्तिक, काठमाडौं । नेपालले युएईबिरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा फिल्डिङ रोजेको छ  । त्रिवि क्रिकेट मैदानमा संचालन हुने खेलमा  टस जितेर नेपालले बलिङ गरेको  हो ।

 

युएईबिरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालको कप्ताननी  रोहित कुमार पौडेलले गरिरहेका छन्  । नेपाल क्रिकेट संघले यो श्रृंखलादेखि पौडेलको कप्तानीमा खेल्ने गरी उनलाई नियुक्ति गरेको हो  । रोहितको आधिकारिक कप्तानका रुपमा यो पहिलो श्रृंखला हुने छ  । त्रिवि मैदानमा  घरेलु वातावरण र दर्शकको साथले  नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको छ  । कप्तान सन्दीप लामिछानेलाई फौजदारी अभियोग लागेपछि रोहितले यो अवसर पाएका हुन्  ।

 

युएई टोलीको नेतृत्व भने  टी-२० विश्वकप खेलेर फर्किएको सीपी रिजवानले गरेका छन् ।

 

ओडिआईमा हरिशंकर शाह र अर्जुन साउदले डेब्यू गरेका छन् । अर्जुन विकेटकिपर र हरिशंकर अलराउण्डर हुन् । अर्जुनले केन्या टुरमा टी-२० आईमा डेब्यु गरेका थिए ।