प्रधानमन्त्रीलाई संसदमा बिश्वासको मत प्राप्त सहजै

पौष २६,२०७९

file image

-आस्था न्युज

२६ पुस, काठमाडौं । काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बसिरहेको  छ । अहिले सबै राजनैतिक दलका शिर्ष नेताहरुले आफ्नो धारणा राखिरहेका छन्  । नेताहरुले आफ्नो धारणा राखे पछि प्रधानमन्त्रीले संसदमा बिश्वासको मतलिने कार्यतालिका रहेको छ ।

 

नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान रहे बमोजिम आज प्रधानमन्त्रीले संसदमा बिश्वासको मतलिन लागेका हुन्  । प्रधानमन्त्री दाहाल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन्  ।

 

 प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा (एकीकृत समाजवादी)का १०, लोकतान्त्रिक समाजवादीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक सांसद् छन् । प्रधानमन्त्री दाहालले सिङ्गो प्रतिनिधिसभाको समर्थन आफूले पाउने विश्वास व्यक्त गरेका छन् । कांग्रेस, लोसपा र एकीकृत समाजवादीले पनि प्रचण्डलाई विश्वासको   मत दिने भनेका  छन् । यस संगै प्रधानमन्त्रीले संसदमा बिश्वासको मत प्राप्त गर्ने प्राय निश्चित देखिएको छ ।

 

प्रतिनिधिसभामा सरकारलाई समर्थन गरेका एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । तीन स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेको छन्