माघ ११,२०७९
-आस्था न्युज
काठमाडौंः काठमाडौं जेसीस र सम्वृद्धि फाउन्डेसनले महिला बन्दिहरुका लागि महिनावारी सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
काठमाडौंको सुन्धरास्थित केन्द्रीय कारागारमा रहेका महिला बन्दिहरुका लागि स्वच्छ महिनावारीको बिषयमा जनचेतनामूलक कार्यक्रम संगै पुन प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बनाउने तालिम पनि उपलब्ध गराएको काठमाडौं जेसीसका अध्यक्ष रफी भण्डारीले बताउनुभयो ।
काठमाडौं जेसीस र सम्वृद्धि फाउन्डेसनले ‘हाम्रो स्वास्थ साझा सरोकार अभियान’ ले महिला बन्दिहरुका लागि महिनावारी सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको हो । अभियान अन्तर्गत नेपालको बिभिन्न जिल्लामा महिनावारी सम्बन्धी तालिम दिदैँ आएको छ । महिनावारी हुँदा स्यानिटरी प्याड लगायतका सामानको गलत प्रयोगले पनि महिलाहरुमा थप स्वास्थ्य समस्या आउने भएकोले यस कार्यक्रमको आयोजना गरिएको भण्डारीले बताउनु भयो ।
काठमाडौँ जेसीसले नेतृत्व र व्यक्तित्व निर्माणमा अग्रणी भूमिका निर्वाहा गर्दै आएको छ । जेसीस १८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुको संस्था हो र यसले सामाजिक सेवा लगायत समाजका लागि विभिन्न तालिम र राहात सामग्री वितरण गर्ने गर्दछ र यसै अन्तर्गत यो कार्यक्रम संचालन गरिएको काठमाडौँ जेसीसले बताएको छ ।
प्रमुख समाचार