यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज जेठ ५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८७ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९७ पैसा र बिक्री दर १६४ रुपैयाँ ७२ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।