सिटी होटलको १३ लाख ५५ हजार ९४० कित्ता सेयर बाँडफाँट

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
सिटी होटल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३ लाख ५५ हजार ९४० कित्ता सेयर निष्कासन खुला गरेको थियो ।
 
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुने करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
 
जसमध्ये पहिलो चरणमा १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्कासन गरिसकेको छ ।
 
शुक्रबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोब आईएमई क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।
 
कम्पनीले काठमाडौंको सोल्टीमोडमा हायात प्लेस ब्राण्डबाट पाँचतारे होटल सञ्चालन गरिरहेको छ ।