मौसमः कतै घाम कतै विहानैदेखि बदली

जेठ १२,२०८०

-आस्था न्यूज

जेठ १२, २०८० काठमाडौं ।
देशका पहाडी भू-भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
 
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
 
आजराति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत देशको पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 
हाल देशमा पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।