यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

जेठ १७,२०८०

-

जेठ १७, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आज जेठ १७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ०६ पैसा र बिक्री दर १६४ रुपैयाँ ८१ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।