युरोपा लिगको उपाधि सेभियाले जित्यो

जेठ १८,२०८०

-आस्था न्यूज

जेठ १८, २०८० काठमाडौं । 
स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि चुमेको छ। इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै सेभियाले उपाधि जीत हासिल गरेको हो।
 
बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो।
 
ट्राइबेकरमा बाजी मार्दै सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको हो। यसअघि सन २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो।