एपलको नयाँ आईफोनमा यूएसबी टाइप सी चार्जर पोइन्ट हुने

भाद्र २४,२०८०

-आस्था न्यूज

भदौ २४, २०८० काठमाडौं ।
आगामी सेप्टेम्बर १२ मा सार्वजनिक हुने एपलको नयाँ आईफोनमा यूएसबी टाइप सी चार्जर पोइन्ट हुने निश्चितप्रायः भएको छ।
 
एपल कम्पनीले निर्माण गरेका फोनमा छुट्टै लाइट्निङ अड्याप्टर प्रयोग हुँदै आएको छ। अरू साम्सङजस्ता अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उक्त अड्याप्टरले काम गर्दैन।
 
युरोपेली सङ्घ ईयूको कानुनले उपभोक्ताहरूको पैसा बचत र त्यसबाट निस्किने फोहोर कम गर्न मोबाइल फोन उत्पादकहरूलाई सन् २०२४ भित्र समान किसिमको चार्जिङ कनेक्शन बनाउन अनिवार्य गरेको छ।
 
नयाँ आईप्याडजस्ता एपलका अधिकांश नयाँ उत्पादनहरूले यसअघिबाटै यूएसबी टाइप सी प्रयोग गरिरहेका छन्। तर यो कम्पनीले ईयूको नयाँ नियमको प्रतिवाद गरेको छ।
 
सन् २०२१ को सेप्टेम्बरमा ईयूको नयाँ कानुन बन्दा एपलका एक प्रतिनिधिले बीबीसीसँग भनेका थिएः “एउटै प्रकारको मात्रै कनेक्टर अनिवार्य गर्ने कठोर कानुनले नवप्रवर्तनलाई प्रवर्धन गर्नुको साटो दमन गर्छ। यसले युरोप र विश्वभरिकै उपभोक्ताहरूलाई अन्ततः क्षति नै गर्छ।”
 
लाइट्निङबाट यूएसबी सी जोड्न मिल्ने अड्याप्टरहरू यसअघि नै एमजनसहितका अन्य विद्युतीय सामग्री उत्पादकहरू बनाइसकेका छन्। अर्को कुरा आईफोन(एइट (आईफोन ८) पछि उत्पादित आईफोनका सबै संस्करणहरूमा वायरलेस चार्जिङ सुविधा उपलब्ध छ।
 
अहिले चलिरहेको आईफोन-फोर्टीन (आईफोन १४) लाइट्निङ चार्जिङ पोइन्ट भएको एपलद्वारा उत्पादित सबैभन्दा नयाँ उपकरण हो।
 
यदि नयाँ आईफोनमा यूएसबी(सी चार्जर पोइन्ट आए त्यसले लाइट्निङ केबलको अन्त्यको सङ्केत गर्ने छ। त्यसको मूल्य अहिले एपल स्टोरमा १९ पाउन्ड छ।
 
एपलको विश्वव्यापी उत्पादनमा नै यस्तो परिवर्तन हुन लागेको हो वा युरोपमा मात्रै भन्ने स्पष्ट छैन।
 
तर यो प्रविधि कम्पनीले युरोपेली बजारका लागि मात्रै छुट्टै उत्पादन बनाउने सम्भावना निकै कम छ।
 
यो परिवर्तन आगामी साता सार्वजनिक हुन लागेका आईफोन(फिफ्टीन ९आईफोन १५० र आईफोन १५ प्रो मा हुने अपेक्षा गरिएको छ।