Trending :
 

गुड फ्राइडेः ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ रिलिज

भाद्र २९,२०८०

-आस्था न्यूज

भदौ २९, २०८० काठमाडौं । 
फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा नेपाली सिनेमा रिलिज भएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको ‘नाङ्गो गाउँ’ र झरना थापाको निर्देशन ‘एक भागवत र एक गीता’ रिलिज भएका हुन् । 
 
बलिउड सिनेमा ‘जवान’को आक्रामक व्यापारका कारण यी सिनेमाले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलमा अपेक्षित शो पाएका छैनन् । 
 
‘नाङ्गो गाउँ’मा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । 
 
‘एक भागवत र एक गीता’मा विपीन कार्की, सुहाना थापा र धिरज मगर मुख्य भूमिकामा छन् ।