Trending :
 

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने छः प्रधानमन्त्री प्रचण्ड

आश्विन ०१,२०८०

-आस्था न्यूज

असोज १, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् । 
 
संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क गएका उनले पत्रकारहरुसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको बताएका हुन् । 
 
उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अव त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताएका छन् । 
 
सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उनको भनाई छ । 
 
उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाएका छन् ।