Trending :
 

राष्ट्रपतिको कुकुरले फेरि मान्छे टोक्यो !

आश्विन १०,२०८०

-आस्था न्यूज

असोज १०, २०८० काठमाडौं ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ ।
 
राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औं घटना हो । घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार भइरहेको छ ।
  
कमाण्डर वाइडेन परिवारका दुई जर्मन शेफर्डमध्ये कान्छो हो । यसअघि उसले डेलावेयरस्थित राष्ट्रपतिको निवासमा पनि एक जना कर्मचारीलाई उनको हात र तिघ्रामा टोकेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । 
 
सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीका अनुसार सोमबार साँझ बर्दिलगाएका गुप्तचर सेवाका एक जना कर्मचारीलाई कमाण्डरले टोकेको हो । 
 
गत जुलाईमा ह्वाइट हाउसका अधिकारीहरूले कर्मचारीहरूमाथि  निरन्तर हमला हुन थालेपछि कमाण्डरलाई नियन्त्रण गर्ने तालिम र प्रविधिको  खोजिभइरहेको बताएका थिए । 
 
यसैबीच, कुकुरको टोकाइबाट पीडित ती अधिकारीले सिक्रेट सर्भिस डिभिजन प्रमुख अल्फोन्सो एम डायसनलाई  आफ्नो स्वास्थ्यस्थिति प्रतिकूल नरहेको जानकारी दिएका छन् ।