Trending :
 

नेपालका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड

मंसिर १९,२०८०

-आस्था न्युज

मंसिर १९, २०८० काठमाडौं ।
नेपालका १२ वर्षिय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जितेका छन् । 
 
नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै युवा समूहको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जितेका हुन् । 
 
स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन् ।
 
यस कार्यक्रममा नेपाल सहित भारत, मलेसियालगायत देशका बालबालिका सहभागी भएका थिए । प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवद्र्घन समेत गरेका थिए । आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड आकर्षक आभा ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनलको उपाधि हासिल गरेकी थिइन् । 
 
प्रतियोगितामा बालबालिकासँगै  अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन् ।
 
यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्घारा काठमाडौंमा आयोजित ‘किड्डी फेस अफ द इयर २०२३’ का सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए भने एल्भिरा ‘लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’ की विजेता हुन् ।