Trending :
 

सस्पेन्स थ्रीलर कथामा चलचित्र ‘११ः५५’ निर्माण गर्ने घोषणा

मंसिर २१,२०८०

-आस्था न्युज

मंसिर २१, २०८० काठमाडौं ।
नेपाली चलचित्र ‘११ः५५’ को निर्माण घोषणा भएको छ । 
 
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निर्माण टिमले ‘११ः५५’ को औपचारिक घोषणा गरेको हो ।
 
केशव पाण्डेको निर्देशनमा तयार हुने चलचित्र सस्पेन्स थ्रीलर कथाबस्तुमा आधारित रहने जनाइएको छ ।
 
चलचित्रमा कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, विशाल पहरी, बुद्धि तामाङ लगायतको अभिनय रहने छ । 
 
एमएस अग्रज कार्यकारी निर्देशक रहेको चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माताका रुपमा छन् । 
 
चलचित्रमा अल्मोदा राना उप्रेती र कुशल आचार्यको संगीत रहने छ भने कोरियोग्राफी कबिराज गहतराजको रहनेछ । चलचित्रश निबारबाट फ्लोरमा जाने जनाइएको छ ।