Trending :
 

नेपाल सुपर लिगः एफसी चितवनलाई हराएर शिर्ष स्थानमा उक्लिने दाउमा ललितपुर

मंसिर २४,२०८०

-आस्था न्युज

मंसिर २४, २०८० काठमाडौं ।
नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।
 
साँझ ५ बजे खेलाइने खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 
 
यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरी गरेको ललितपुर तालिकाको चौथो स्थानमा छ । 
 
आइतबारको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।
 
चार खेलबाट पाँच अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ । चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी गरेको छ। एक खेलमा हार बेहोरेको छ । 
 
ललितपुरसँग जित्न सके चितवन तालिकाको शीर्ष चारमा प्रवेश गर्नेछ ।