Trending :
 

जर्मन बुण्डेस लिगामा बार्यनको लज्जास्पद हार

मंसिर २४,२०८०

-आस्था न्युज

मंसिर २४, २०८० काठमाडौं ।
जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बार्यन म्युनिखले लज्जास्पद हार व्यहोरेको छ । हारका कारण बार्यन शीर्ष स्थानमा उक्लन पनि असफल भयो । शनिबार राति भएको खेमाल बार्यन इन्ट्रान्च फ्रयाङ्कफर्टसँग ५–१ गोलको हार व्यहोर्न बाध्य बन्यो । 
 
फ्रयाङ्कफर्टको जितमा एरिक जुनियर डिना एबिम्बेले २ गोल गरेका थिए भने ओमार मारमोउस, हुगो लार्सन र अन्सगर नाउफले एक एक गोल गरेका थिए । त्यसैगरी बायर्न म्युनिखका लागि एक गोल जोशुआ किमिचले गरेका थिए ।
 
१२ औं मिनेटमा ओमार मारमोउसले गोल गर्दै फ्रयाङ्कफर्टलाई अग्रता दिलाए । एरिक जुनियर डिना एबिम्बेले ३१ औं मिनेटमा गोल गरेपछि अग्रता दोब्बर भएको थियो । 
 
३६ औं मिनेटमा हुगो लार्सनले गोल गर्दै फ्रयाङ्कफर्टलाई ३–० ले अघि बढाएका थिए । ४४ औं मिनेटमा बार्यनका जोशुआ किमिचले गोल गरेपछि पहिलो हाफको खेल ३–१ को अवस्थामा पुगेको थियो । 
 
५० औं मिनेटमा एबिम्बेले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रयाङ्कफर्ट ४–१ ले अघि बढेको थियो भने अन्सगर नाउफले ६० औं मिनेटमा गोल गर्दै ५–१ को फराकिलो जित दिलाए ।
 
जितपछि फ्रयाङ्कफर्टको १४ खेलबाट २१ अंक भएको छ ।