Trending :
 

कांग्रेसले थाल्यो मुखपत्र नेपाल पुकारको पुनः प्रकाशनः सुशासनमा सहयोग पुग्ने नेताहरुको दाबी

मंसिर २४,२०८०

-आस्था न्युज

मंसिर २४, २०८० काठमाडौं ।
नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ पुनः सार्वजनिक भएको छ ।
 
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल पुकार त्रैमासिकको २०५४ सालमा बन्द भएपछिको पहिलो अंक लोकार्पण गरेका हुन् ।
 
२००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।
 
कार्यक्रममा पार्टी सभापति शेर बहादुर देउवाले, नेपाल पुकारको पुन प्रकाशनले पार्टीका विचार सम्प्रेषणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
 
‘यो नेपाल पुकार पत्रिका धेरै वर्षपछि फेरि नेपाली कांग्रेसले ‘नेपाल पुकार’को सुरुवात गर्न गइरहेको छ । विश्वास छ नोपली कांग्रेसका सबैले यो पत्रिका पढ्ने छन् । त्यसपछि नेपाली कांग्रसप्रति धारणा पनि बनाउने छन् ।’ उनले भने । 
 
त्यस्तै उपसभापतिसमेत रहेका कानूनमन्त्री धनराज गुरुङ्ले, मुखपत्र प्रकाशनपछि सुशासनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
 
‘आज नेपालमा, नेपाली राजनीतिमा सुशासनको खडेरी परेको छ । त्यसकारणले गर्दा नेपाललाई फेरि सुशासनमा फर्काउनको लागि अर्को अंक आउन सक्नुपर्छ । ’