Trending :
 

चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झर्‍यो

माघ २९,२०८०

-आस्था न्यूज

माघ २९, २०८० काठमाडौं । 
सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ । 
 
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षामार्फत कुल बजेटको १२.६२ प्रतिशत (२ खर्ब २० अब रुपैयाँ) घटाएका हुन् । 
 
लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको उनले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताए । 
 
चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको उनको भनाइ छ । 
बजेटको पूर्णपाठ: