Trending :
 

रिडी पावरको हकप्रद सेयर जारी

फाल्गुण १८,२०८०

-आस्था न्यूज

फागुन १८, २०८० काठमाडौं ।
आजदेखि रिडी पावर कम्पनीले हकप्रद सेयर जारी गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई आज १८ गतेदेखि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेको हो । चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेसँगै कम्पनीको १०० कित्ता सेयर भएका सेयधनीले ५० कित्तामा आवेदन दिन सक्नेछन् ।
 
पावर कम्पनीले १०० रुपैयाँ मूल्य बराबरको ७७ करोड ४४ लाख  ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर बिक्री खुलाएको हो । यो हकप्रद सेयरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तीनाथ क्यापिटल छ । हकप्रद जारी अघि भएको रेटिङमा कम्पनीले ‘डबल बी प्लस’ रेटिङ पाएको छ ।
 
पावरको हाल १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ चुक्ता पूँजी छ । चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।