Trending :
 

एकैदिन सुन तोलामा दुई हजारले वृद्धि

फाल्गुण २०,२०८०

-आस्था न्यूज

फागुन २०, २०८० काठमाडौं । 
साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामै २ हजार रुपैयाँ बढेको छ । चाँदी पनि तोलामा २० रुपैयाँ बढेर आएको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ कायम रहेको सुन आइतबार १ लाख २१ हजार रुपैयाँ पुगेको  हो । 
 
आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 
 
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ । 
 
आज अघिल्लो कारोबार दिनको तुलनामा चाँदी तोलामा २० रुपैयाँ वृद्धि भएकर आएको छ । शुक्रबार तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज  १ हजार ४१० रुपैयाँ कायम भएको छ ।