Trending :
 

हत्या घटनामा संलग्न आरोपमा १ जना पक्राउ

फाल्गुण २०,२०८०

-आस्था न्यूज

फागुन २०, २०८० काठमाडौं । 
भक्तपुरमा १० फागुनमा मृत भेटिएका तेह्रथुमको छथर गाउँपालिका–२ का गोपाल ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
 
महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको हो । हत्याको घटनापछि फरार रहेका सुवाललाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट शनिबार पक्राउ गरेको परिसरका इन्स्पेक्टर निर्मल थापाले जानकारी दिए ।
 
१० फागुनमा गोपाल ढकालकी श्रीमती रेनुलाई टेलिफोनमा श्रीमान चाहिए २ लाख रुपैयाँ लिएर सूर्यविनायकको जंगलमा आउनू भनी सूचना आएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि खोजतलास गर्ने क्रममा प्रहरीले ढकालको शव सूर्यविनायक नगरपालिका–८ स्थित रोधन बस्नेतको गोठमा फेला पारेको थियो ।
 
प्रहरीले ढकाल र सुवालबीच आपसी झगडापछि ढकालको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ । सुवालले इँटा, ढुंगाले हानेर हत्या गरेको प्रहरीको भनाइ छ ।