Trending :
 

आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट

फाल्गुण २०,२०८०

-आस्था न्यूज

फागुन २०, २०८० काठमाडौं । 
आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट भएको छ । गत बिहीबार उच्च अङ्कले घटेको नेप्से आज थप ओरालो लागेको हो ।
 
बिहीबार २८.६८ अङ्कले घटेको सेयरबजार आज थप ११.७८ अङ्कले घटेर १९६०.३० विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा ग्लोबल आएमई लघुवित्त, बिएनएल र सिवाइसी लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा चिरख्वा हाइड्रो, बिपिडब्लु लघुवित्त, बिएनटि र माथिल्लो मैलुङखोला हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।
 
आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहको उपसूचक ०.५४ प्रतिशतले बढ्यो । आज ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २.५२ प्रतिशतले घट्दा अन्य समूहको उपसूचक १.०२ प्रतिशत र लाइफ इन्स्योरेन्स उपसूचक ०.९३ प्रतिशतले घटे ।