Trending :
 

टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने

फाल्गुण २०,२०८०

-आस्था न्यूज

फागुन २०, २०८० काठमाडौं । 
काठमाडौंमा जारी टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । 
 
आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि नेपाललले उपाधीका लागि नेदरल्यान्ड्ससँग भिड्ने पक्का भएको हो । 
 
टीयू क्रिकेट मैदानमा १५ ओभरमा नामिबियाले ४ विकेटको क्षतिमा ९८ रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक-एक अंक बाँडेका हुन् ।
 
४ खेलपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्ष स्थानमा रह्यो । नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । नामिबिया ३ अंकसहित तेस्रो स्थानमा सीमित बन्यो ।
 
फाइनल खेल मंगलबार हुनेछ । 
 

सम्वन्धित समाचार