Trending :
 

अब काठमाडौं महानगरभित्रका निजी विद्यालयको नाम अंग्रेजीमा राख्न नपाइने

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले महानगर भित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिने अल्टिमेटम दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको हो। 
 
शिक्षा नियमावली २०५९ को नियम १५४ ९१० तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था भएकोले सो व्यवस्था बमोजिम विद्यालयको नामकरण गर्न समेत सूचनामा भनिएको छ।