आज सुनको मूल्य स्थिर

बैशाख ०५,२०८१

-आस्था न्यूज

वैशाख ५, २०८१ काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
 
अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो। आज तेजाबी सुन भने प्रतितोला १ लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
 
बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो।