राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त

बैशाख ०६,२०८१

-आस्था न्यूज

वैशाख ६, २०८१ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 
 
त्यस्तै राष्ट्रपतिले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।