कोशी प्रदेशः मोरङमा भेला र प्रदर्शन गर्न रोक

बैशाख ०६,२०८१

-आस्था न्यूज

वैशाख ६, २०८१ काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा सभा, सम्मेलन गर्न रोक लगाएको छ ।  विराटनगर १५ र १७ नम्बर वडामा बुधवार दुई समूहको झडप भएपछि प्रशासन कार्यालयले सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक लगाएको हो ।
 
‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज मिति २०८१/०१/०६ गते बिहान १०ः ०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सबै प्रकारको र्‍याली, भेला, प्रदर्शन कार्यक्रम नगर्न र नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले जारी गरेको सूचनामा उल्लेख छ ।