सुदूरपश्चिमको सामान्य विवादले सत्ता गठबन्धनमा कुनै समस्या छैनः रवि लामिछाने

बैशाख ०६,२०८१

-आस्था न्यूज

वैशाख ६, २०८१ काठमाडौं ।
रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका कारण सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । 
 
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलमा सहभागी भएपछि लामिछानेले यस्तो बताएका हुन् । 
 
‘हामी नेताहरू छलफल गर्न भ्याएका थिएनौ । अहिले सामान्य छलफल भएको हो । कुनै एजेण्डा विशेष केहीमा छलफल भएको होइन’, लामिछानेको भनाइ छ । 
 
सञ्चारकर्मीले सुदूरपश्चिम सरकार गठनमा देखिएको विवादबारे सोधेको प्रश्नमा उनले त्यसले सत्ता गठबन्धनमा कुनै समस्या पैदा नभएको बताए ।