मुनाफा नभए पनि दूरदराजमा टेलिकमलाई गुणस्तरीय सेवा दिन मन्त्री शर्माको आग्रह

बैशाख ०६,२०८१

-आस्था न्यूज

वैशाख ६, २०८१ काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशनको बुधबार उद्घाटन गर्दै उनले दूसञ्चार सेवाको अभावमा मुलुकको सर्वाङ्गीण विकास असम्भव रहेको उल्लेख गरिन्।
 
‘दूरसञ्चार सेवा गुणस्तरीय भएन, सबै नागरिकको पहुँचमा गुणस्तरीय सेवा नपुग्दा मुलुकको विकासमा बाधा पुग्छ,’ मन्त्री शर्माले भनिन्, ‘सरकारी सेयर भएका कारण पनि टेलिकमले मुनाफा नभए पनि दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्ने दायित्व अगाडि छ’ दूरसञ्चार सेवालाई गुणस्तरीय बनाएर लैजानुपर्नेमा जोड दिँदै मन्त्री शर्माले ‘डिजिटल डिभाइड’ न्यूनीकरण गर्न विशेष योजना ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिइन्।
 
‘आजका दिनमा पनि ‘डिजिटल डिभाइड’ कायमै छ, सबै वडामा दूरसञ्चार सेवा पु¥याउनु आजको आवश्यकता हो,’ उनले भनिन्, ‘मुलुकका सबै भूभागमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्य हासिल गर्न कम्पनीले गम्भीर भएर सोच्नुपर्छ, यसका लागि मन्त्रालयले सहजीकरण गर्छ।’