सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका दीर्घ सोडारी नियुक्त

बैशाख ०६,२०८१

-आस्था न्यूज

वैशाख ६, २०८१ काठमाडौं ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
 
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
 
सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद) र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
 
यसअघि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि बुधवार दिउँसोसम्म अन्योल थियो । अन्नतः एमालेले सोडारीलाई समर्थन गरेको हो ।