एसिसी प्रिमियर कपः तेस्रो स्थानको लागि आज नेपालले हङकङको सामना गर्दै

बैशाख ०८,२०८१

-आस्था न्यूज

बैशाख ८, २०८१ काठमाडौं ।
एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
 
पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि शनिबार तेस्रो स्थानका लागि भिड्न लागेका हुन्।
 
पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको हो। समूह चरणका सबै खेल जितेको नेपाल अपराजित हुँदै सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा यूएईका बलरसामु नेपाल निरिह बनेको हो। दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग ५ विकेटले पराजित भयो।
 
तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४ः १५ बजे सुरु हुँदैछ। प्रिमियरको कपको फाइनलमा आयोजक ओमान र युएई आइतबार भिड्नेछन्।
 
तेस्रो सथानको खेल जित्दै नेपालले इमर्जिङ कपमा स्थान बनाउने लक्ष्य राखेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्न पाउने छन्।