ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख ११,२०८१

-आस्था न्यूज

बैशाख ११, २०८१ काठमाडौं ।
सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकै परिवारका चार जना घाइते भएका छन् ।
 
सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका-१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको मृत्यु भएको हो ।
दुर्घटनामा परेका चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।