यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

बैशाख १६,२०८१

-आस्था न्यूज

वैशाख १६, २०८१  काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 
 
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र  बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ। 
 
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।