उपनिर्वाचनः इलाम-२ को मतगणना सुरु

बैशाख १६,२०८१

-आस्था न्यूज

वैशाख १६, २०८१  काठमाडौं ।
 इलाम-२ मा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
 
गौतम बुद्ध सभागृह (सिटी हल) मा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो ।
 
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए ।
 
निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिलाई टेकेर सहमति गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
 
शनिबार सबै मतपेटिका नआइपुगेका कारण सर्वदलीय बैठक आज बसेको हो ।
 
मतपेटिका संकलन शनिबार राति २ बजेमात्रै सकिएको थियो । मतगणना सिटी हलमै हुनेछ ।
 
इलाम(२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।