अब गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छः मेयर बालेन

बैशाख १६,२०८१

-आस्था न्यूज

वैशाख १६, २०८१  काठमाडौं ।
काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले जुनसुकै पालिकाका गरिव तथा असहायको उपचार काठमाडौँ महानगरले गर्ने बताएका छन् । सम्बन्धित वडाको सिफारिस लिएर आएमा निःशुल्क उपचार गरिने उनको भनाइ छ । 
 
आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्ने-पालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । 
 
साथै प्रमुख शाहले निःशुल्क उपचारबारे थप जानकारी चाहिएमा, काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।