आइतबार सुनको मुल्य बढ्यो, चाँदी सस्तियो

बैशाख १६,२०८१

-आस्था न्यूज

वैशाख १६, २०८१  काठमाडौं ।
आज आइतबार सुनको भाउमा वृद्धि हुँदा चाँदी भने सस्तिएको छ । आज सुनको भाउ प्रति तोला ४ सय रुपैयाँले बढ्दा चाँदी भने १५ रुपैयाँले सस्तिएको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
आज चाँदी प्रति तोला एक हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।