इलाम मतगणनाः कांग्रेसका खड्का र एमालेका नेम्वाङबिच प्रतिस्पर्धा

बैशाख १६,२०८१

-आस्था न्यूज

वैशाख १६, २०८१ काठमाडौं।
इलाम-२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार र कांग्रेसका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । 
 
आइतबार अपराह्नको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११५५ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा एमालेका सुहाङ नेम्वाङले १०७२ मत पाएका छन् । 
 
मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले भन्दा रास्वपाका उम्मेदवार मिलन लिम्बुले कम मत ल्याएका छन् । डकेन्द्रले ३१३ मत पाउँदा मिलनले २११ मत पाएर चौथो स्थान हासिल गरेका छन् । 
 
यस्तै हालसम्म २ हजार ८०६ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार धनराज राना मगरले शून्य मतमात्रै पाएका छन् । 
 
यसैगरी राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङले ६, जनमत पार्टीका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ५ मत पाउँदा एकीकृत समाजवादीका जीत बहादुर राईले ६ मत पाएका छन् ।