बझाङमा मतगणना जारीः एमाले उम्मेदवारलाई काँग्रेसका सिंहले पछि पारे

बैशाख १७,२०८१

-आस्था न्यूज

वैशाख १७, २०८१ काठमाडौं ।
बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४१ मतले अग्रता लिएका छन्। उनले ८ हजार चार सय ६ मत प्राप्त गरेका छन्। 
 
यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार १ सय ६५,  नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ३ हजार ११३ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार २ सय ६६ मत पाएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताएका छन्। 
 
बझाङ प्रदेशसभा (क) मा मा भएमको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । सो क्षेत्रमा ६१ हजार सात सय ४८ मतदाता रहेका थिए । उपनिर्वाचनमा ११ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए।