सेयर बजार आज पनि सामान्य अंकले बढ्यो

बैशाख १७,२०८१

-आस्था न्यूज

वैशाख १७, २०८१ काठमाडौं ।
हिजो दोहोरो अङ्कले बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको छ । सोमबार सेयरबजारमा झिनो अङ्कको वृद्धि भए पनि कारोबार भने उत्साहजनक देखिएको छ ।
 
हिजो आइतबार १४.३३ अङ्कले बढेको सेयरबजार आज ०.०७ अङ्कले बढेर १९८०.३४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा जानकी फाइनान्स, पोखरा फाइनान्स, र नेपाल फाइनान्स रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा पिपुल्स पावर हाइड्रो, इस्टर्न हाइड्रो, मेन्छियाम हाइड्रो र चिरख्वा हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।
 
आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.०७ प्रतिशतले बढ्दा विकास बैंक समूहको समूहको उपसूचक १.६६ प्रतिशत बढ्यो । यसैगरी आज अन्य समूहको उपसूचक सर्वाधिक ०.८२ प्रतिशतले घट्दा होटल तथा पर्यटन समूहको उपसूचक ०.६ प्रतिशतले घट्यो ।