आईपीएलः दिल्लीमाथि कोलकाताको शानदार जित

बैशाख १८,२०८१

-आस्था न्यूज

बैशाख १८, २०८१ काठमाडौं ।
इन्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट फर्ममा रहेको कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ७ विकेटको शानदार जित दर्ता गरेको छ । सोमबार राति कोलकाताको मैदानमा पराजित हुँदा प्लेअफको सम्भावना कठिन हुँदै गएको छ । जारी प्रतियोगितामा कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने दिल्ली १० अंकसहित छैटौँ स्थानमा पुगेको छ ।
 
इडेन गार्डेनमा पहिले ब्याटिङ गर्न आएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर जम्मा १५३ रन बनाएको थियो ।
 
दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए  । दिल्लीको शीर्ष क्रम पूर्ण रूपमा फ्लप साबित भयो । पृथ्वी साले १३ रन, ज्याक फ्रेजरले १२ रन बनाए भने अभिषेक पोरेल १८ रन बनाएर आउट भए । 
 
शाई होपले दोहोरो अंक पार गर्न पनि सफल भएनन् । कप्तान पन्तले जिम्मेवारी सम्हाल्न खोजे पनि २७ रनको स्कोरमा वरुण चक्रवर्तीले उनलाई आउट गरे । पन्तले एक छक्का र दुई चौका प्रहार गर्दा २० बल सामना गरेका थिए ।