चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने अनुमान

बैशाख १८,२०८१

-आस्था न्यूज

बैशाख १८, २०८१ काठमाडौँ । 
नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ ।
 
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ ।
 
गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो ।
 
पर्यटन आवागनमा देखिएको सकारात्मक प्रभाव लगायका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।