भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख १९,२०८१

-आस्था न्यूज

वैशाख १९, २०८१ काठमाडौं ।
इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  । मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई छन् ।
 
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी प्रकाश जवेगुका अनुसार सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई छन् । उनको अवस्था पनि गम्भीर छ । उनलाई थप उपचारका लागि झापा पठाइएको छ ।
 
झापाबाट इलामतर्फ आइरहेको मे १ ज ३२६३ नम्बरको भ्यान आज विहान ५ बजे सडकबाट ४०० मिटर तल खसेको थियो ।