नेप्से कारोबार उत्साहजनक

बैशाख २०,२०८१

-आस्था न्यूज

वैशाख २०, २०८१ काठमाडौं ।
यो साताको तीन कारोबार दिन नै बढेको सेयरबजारमा आज भने झिनो करेक्सन आएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार घट्दा कारोबार भने उत्साहजनक नै देखिएको छ ।
 
गत मङ्गलबार २५.९३ अङ्कले बढेको सेयरबजार आज भने ७.३१ अङ्कले घटेर १९९८.९६ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ८० करोड ४४ हजार ६ सय १ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब १३ करोड ३३ हजार ६२ सय ७२६ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा समता लघुवित्त, साधना लघुवित्त, इन्फिनिटी लघुवित्त र विजय लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा पिपुल्स पावर, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक र हिमालयन हाइड्रोपावर रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।
 
आज लघुवित्त समूहको उपसूचक सर्वाधिक ३.४५ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको समूहको उपसूचक ०.०६ प्रतिशत बढ्यो । यसैगरी आज विकास बैंक समूहको उपसूचक सर्वाधिक २.०३ प्रतिशतले घट्दा होटल तथा ननलाइफ इन्स्योरेन्स समूहको उपसूचक ०.९७ प्रतिशतले घट्यो ।