ड्राइभिङ लाइसेन्स छापिसक्न अझै डेढ वर्ष लाग्ने

बैशाख २०,२०८१

-आस्था न्यूज

वैशाख २०, २०८१ काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्स छाप्न अझै डेढ वर्ष लाग्न सक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले ड्राइभिङ लाइसेन्सको समस्या समाधान गर्न लागिपरेको बताए । 
 
आफूले मन्त्रालय सम्हालेपछि दैनिक ५ हजार प्रिन्ट लाइसेन्स प्रिन्ट हुन लागेको उल्लेख गर्दै समस्या समाधान गर्न निर्देशन दिएको जानकारी गराए । 
 
महिनाको डेढ लाख लाइसेन्स प्रिन्ट गर्दा अझै डेढ वर्ष प्रिन्ट गर्न समय लाग्ने बताए । आफूले मन्त्रालय सम्हालेपछि अलिकति सुधार गरी अघि बढेको उल्लेख गरे ।