दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

बैशाख २३,२०८१

-आस्था न्यूज

बैशाख २३, २०८१ काठमाडौं ।
कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए ।
 
दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखिएको जनाएको छ ।
 
पौडी खेल्ने क्रममा शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।