आईपिएलः गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

बैशाख २३,२०८१

-आस्था न्यूज

बैशाख २३, २०८१ काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको रोयल च्यालेन्र्ज बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजि गर्दै सातौं स्थानमा उक्लिएको छ।
 
गएराति आरसिबीको घरेलु मैदान बैंग्लोरुमा भएको खेलमा गुजरातले दिएको १४८ रनको लक्ष्य ३३ बल बाँकी हुँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो। आरसिबीले १३.४ बल खेल्दै १५२ रन बनाएको हो।
 
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको गुजरातका लागि एम शाहरुख खान ३७, राहुल तेवाटिया ३५, डेभिड मिलर ३०, राशिद खान १८ र विजय शंकर १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। ओपनर ऋद्धिमान साह १ रनमा आउट हुँदा अर्का ओपनर सुभमन गिलले मात्र २ रन जोडे। उनीहरुले समान ७ बलको सामना गरेका थिए।
 
सुरुवाती ब्याट्म्यान सस्तैमा समेटिएपछि आरसिबीका बलर गुजरातमाथि हाबी भएका थिए। गुजरात १९.३ बलमा सबै विकेट गुमएर १४७ रनमा समेटिएको थियो।