आइतबार सुनको मूल्य स्थिर

बैशाख २३,२०८१

-आस्था न्यूज

वैशाख २३, २०८१ काठमाडौं ।
आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।
 
यस्तै आज तेजाबी सुनको मूल्यमा पनि स्थिरता कायम हुँदै प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।