सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले गिरावट

बैशाख २३,२०८१

-आस्था न्यूज

बैशाख २३, २०८१ काठमाडौं ।
साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार २४.५८ अङ्कले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो । 
 
९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ । यो गत साताको अन्तिम कारोबार दिनभन्दा घटेको हो । गत बिहीबार नेप्से परिसूचक ७.३१ अङ्कले घट्दै १९९८.९६ विन्दुमा रहँदा ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको थियो । 
 
लघुवित्त र निर्जीवन बीमाबाहेक सबै उपसूचक घट्दा परिसूचकसँगै कारोबार घटेको हो । सर्वाधिक विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको छ ।  १९६ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । 
 
सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा नेपाल फाइनान्स पहिलो न्मरबमा छ । उक्त फाइनान्सको १२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।