बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु

बैशाख २३,२०८१

-आस्था न्यूज

बैशाख २३, २०८१ काठमाडौं ।
कीर्तिपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ। दुर्घटनामा तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
 
कीर्तिपुर-रत्नपार्क चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको प्रहरीले जनाएको छ।
 
दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाबारे थप विवरण आउनै बाँकी छ।